गाउँपालिकाको ३ निर्णय : स्थानिय विदा देखि ढुंगागिट्टी बालुवा उत्खनन् रोक्ने सम्म

हिरालाल गुरुङ

गोरखा (सहिदलखन), ७ फागुन । सहिद लखन गाउँपालिका कार्यापालिकाको नियमित बैठक सम्पन्न भएको छ ।
आईतबार बसेको नियमित बैठकले महत्वपूर्ण ३ ओटा निर्णयहरु गरेका छन् ।

बैठकले हरेक बर्ष फागुन २ गते सहिद लखन स्मृति दिवस र मनकामना माताको भक्ति श्रद्धा र सम्मानको लागि गुठी पञ्चमीमा  स्थानिय विदा दिने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रमेश  थापाले जानकारी दिनुभयो ।
साथै बैठकले अवैध रुपमा संचालन भएका ढुंगा गिटि बालुवाको उत्खनन बन्द गर्ने र अटेर गरिएको पाइएमा जिल्ला समन्वय समितिले निर्धारण गरेको दररेट अनुसार जरिवाना गरिने निर्णय गरिएको छ ।
बैठकले पुर्ननिर्माणका लागि बालुवा आवस्यक पर्ने भएकाले वातावरणीय पर्यवरणलाई असर नपर्ने गरि बुढिगण्डकी जलविधुत आयोजनाबाट निश्कने आवस्यक पर्ने बालुवा उपलब्ध गराइदिन पहल गर्ने निर्णय पनि गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।