सवारी दुर्घटनामा परि खैरहनी नगरपालिका ५ का वडाध्यक्षको मृत्यु, दुई घाइते

चितवन, ६ फागुन । सवारी दुर्घटनामा परि वडाअध्यक्षको मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका ३ शान्तिचोकमा भएको सवारी दुर्घटनामा परि खैरहनी नगरपालिका ५ का वडा अध्यक्ष विश्व विजय वस्नेतको मृत्यु भएको हो ।

आइतवार साँझ भएको दुर्घटनामा बडा नम्वर ४ का वडा अध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् ।ना ३ च ८९४० नम्वरको वोलेरोले बडाध्यक्ष सवार बा २ झ १३४४ नम्वरको सरकारी गाडीलाई ठक्कर दिँदा सो दुर्घटना भएको छ । गम्भीर घाइते बस्नेतको उपचारको क्रममा चितवन मेडिकल कलेजमा निधन भएको चितवनका प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।

दुर्घटनामा वडा नः ४ का वडाध्यक्ष नरेन्द्र अधिकारी र चालक राजकुमार अधिकारी गम्भिर घाइते भएका छन् । दुबैको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ ।

बलेरो चालक फरार छन् भने गाडी चितवन प्रहरीको नियन्त्रणमा रहेको छ । फरार चालकको खोजी भैरहेको चितवन प्रहरी प्रमुख थापाले जानकारी दिए ।