राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा इच्छाकामनामा तीन दिने सरसफाई अभियान सुरु (फोटो फिचर)

चितवन,६ फागुन । ६८ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर चितवनको एक मात्र इच्छाकामना गाउँपालिकामा सरसफाई कार्यक्रम सुरु गरिएको छ । आजबाट सुरु भएको सरसफाई कार्यक्रम ८ गते मंगलबार सम्म हुने छ । गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङको प्रमुख आतिथ्यमा आज वडा न ३ कुरिनटारमा सरसफाई कार्यक्रम सुरु भएको छ ।

आज पहिलो दिन वडान ३ फिस्लिङ र वडा न ४ को गाउँपालिका परिषरमा सरसफाई गरिएको हो ।साथै अभियान अन्तरगत आज नै वडा न ६ मा रहेको लामो झरनामा पनि सरसफाई गरिएको छ ।
सरसफाईमा गाउँपालिकाकी अध्यक्ष गुरुङ सहित गाउँपालिका कर्मचारी, विद्यार्थी लगायत स्थानियहरुको सहभागी थिए ।

गाउँपालिकाका सात ओटै वडामा सरसफाई कार्यक्रम संचालन गरिएको गाउँपालिकाकी अध्यक्ष गीता कुमारी गुरुङले जानकारी दिनुभयो ।
सात ओटै वडामा वडाअध्यक्षको नेतृत्वमा सरसफाई कार्यक्रम संचालन हुने अध्यक्ष गुरुङको भनाईछ ।