दास ढुंगामा यात्रुबाहक बस दुर्घटना,१९ जना घाइते

चितवन, ६ फागुन । नारायणगढ– मुग्लिन सडक खण्ड अन्तरगत दास ढुंगामा यात्रुवाहक बस दुर्घटना भएको छ ।नारायणगढबाट बाट गोरखा  जादै गरेको ग १ प ४१२१ नम्बरको यात्रु बाहक बस दासढुङगामा दुर्घटना ग्रस्त भएको हो।
दासढुङगा नजिकै पुलबाट खोल्सामा खसेको बस तिव्र गतिमा विपरित दिशाबाट चलाएको कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

आज ४ बजे भएको सो दुर्घटनामा सवार सवै १९ जना यात्रु घाइते भएका छन् । । घाइतेलाई उपचारका लागी भरतपुरका अस्पताल ल्याइएको छ ।