आज दिउँसो ३ बजे मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौं, ६ फागुन । बालुवाटार सर्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाइएको छ। बैठकले प्रधानमन्त्रीका केही सहयोगी तथा सल्लाहकार नियुक्त हुने सम्भावना छ।

हाल सरकारमा दुई मात्र मन्त्री छन्। लालबाबु पण्डित जनसंख्या र थममाया थापा महिला तथा बालबालिक मन्त्री छन्।

माओवादी केन्द्रले सरकारमा मन्त्री पठाइसकेको छैन। आइतबारको मन्त्रिपरिषद् बैठक लगत्तै ओली बालुवाटारस्थित सरकारी निवास सर्नेछन्।

 

Promise Education Consultancy