ओली र प्रचण्डबीच गोप्य वार्ता सुरु

काठमाडौं,६ फागुन । प्रधानमन्त्री एंव नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच गोप्य वर्ता सुरु भएको छ । पार्टी एकता र मन्त्रिपरिषद् बिस्तारमा सहमति जुटाउन भन्दै उनिहरु छलफलमा जुटेका हुन् ।

ओली प्रचण्को छलफल सकिएलगत्तै एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताइएको छ । भक्तपुरको पुरानो ठिमीस्थित मेडिकल कलेज सन्चालक दुर्गा प्रसाईंको घरमा चलिरहेको दुई अध्यक्षबीचको आजको छलफल निर्णयक हुने नेताहरुले बताएका छन् ।

Promise Education Consultancy