भोली फागुन ७ गते निर्वाचन दिवस मनाउने

काठमाडौं, ६ फागुन ।  भोली फागुन ७ गते निर्वाचन दिवस मनाउने भएको छ ।  निर्वाचन आयोगले भोलि फागुन ७ गते निर्वाचन दिवस मनाउने तयारी गरेको हो ।

एक वर्षभित्र चार वटा निर्वाचन गराएको आयोगले दिवस पनि उत्साहका साथ मनाउन लागेको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा सदस्य तथा राष्ट्रियसभा सदस्यको निर्वाचन सफलतापूर्वक गराएको आयोग अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको तयारीमा जुटिरहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फागुन ७ गते मूल समारोहसहित तीन दिनसम्म विविध कार्यक्रम गरी निर्वाचन दिवस भव्य रुपमा मनाउन लागेको प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन् ।

विसं २०१५ मा पहिलो संसदीय निर्वाचन सुरु भएको दिन फागुन ७ गतेलाई आयोगले केही वर्षदेखि निर्वाचन दिवसका रुपमा मनाउन थालेको हो ।