पार्टी एकता संयोजन बैैठक आज बस्दै, एकता र सरकारमा भागबण्डाको विषयमा टुंगो लगाउने

काठमाडौँ, ६ फागुन । नेकपा एमाले–माओवादी केन्द्रबीच पार्टी एकता र सरकारमा भागबण्डको को विषयमा टुंगो लगाउन छलफल हुने भएको छ ।

एमाले–माओवादीबीच आइतबार एकता संयोजन समितिको बैठक बस्दैछ। शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डबीच ‘वान टु वान’ वार्तामा संयोजन समितिको बैठकबाट सबै विषय टुंगोमा पुर्याउने सहमति भएको हो ।

हिजोको बैठकमा पार्टी एकता र सरकार विस्तारको विषय प्याकेजमै टुंग्याउने सहमति भएको थियो। आज बस्ने बैठकले उक्त सहमतिलाई अन्तिम रुप दिने नेताहरुको दाबी छ ।

सकरभर आजैको बैठकबाट सरकारमा सहभागी हुने मन्त्री र पार्टी एकताको मिति तय हुनेछ ।

Promise Education Consultancy