नेपाल तमु विधार्थी छोज धिको अध्यक्षमा पवन गुरुङ

चितवन, ५ फागुन,। नेपाल तमु विधार्थी छोज धि चितवन जिल्ला कार्य समितिमा पवन गुरुङ र्विाचित भएका छन् । नेपाल तमु विधार्थी छोज धिको नवौँअधिवेशनले पवन गुरुको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्य समिति गठन गरिएको हो ।
अधिवेशनले उपाध्यक्षमा कविन तमु, सुनिता तमस्यो, सचिवमा सुमित तमु, कोषाध्यक्षमा मेलीना तमस्यो, सह–सचिवमा डोल्मा तमस्योलाई चयन गरिएको छ । तमु ह्युला छोज धी गुरुङ राष्ट्रिय परिषद चितवनका अध्यक्ष गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गौरब घलेको अध्यक्षता रहेको थियो ।