लक्ष्मि माध्यामिक विधालय अमरापुरीको स्वर्ण महोत्सबको कार्यक्रम अन्र्तगत रक्तदान तथा स्वास्थ्य शिविर सम्पन्न

गैँडाकोट, ५ फागुन ।
लक्ष्मि माध्यामिक विधालय अमरापुरीको स्वर्ण महोत्सबको कार्यक्रम अन्र्तगत शनिबार खुल्ला रक्तदान तथा निशुल्क स्वास्थ्य शिविर अमरापुरीमा सम्पन्न भएको छ ।

लक्ष्मि माध्यामिक विधालयको स्वर्ण महोत्सबको पार्चौ दिन आज स्वास्थ्य सम्बन्धि कार्यक्रम सन्पन्न भएको हो । शनिबार भएको खुल्ला रक्तदान कार्यक्रममा ११ महिला सहित जम्मा ५५ जनाले रक्तदान गरेका छन् । क्षेत्रिय रक्तसंचार केन्द्र भरतप’रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको हो ।

यसैविच आजै भएको निशूल्क स्वास्थ्य शिविरमा ८२ महिला सहित जम्मा १३४ जनाले स्वास्थ्य परिक्षण गरेका छन् । उनिहरुको भरतपुरको पुष्पाञ्जली अस्पतालका चिक्त्सिक प्रतिक न्यौपानेको टोलीले स्वास्थ्य परिक्षण गरिएको हो । उनिहरुको सामान्य खाले रोगको परिक्षण गरिएकोे स्वर्ण महोत्सबको स्वास्थ्य तथा सरसफाई समिती संयोजक नन्दराम सापकोटाले जानकारी दिनुभएको छ । स्वास्थ्य शिविरमा पुष्पाञ्जली अस्पतालका डाक्टर विश्वास गुरुड्ड, वसन्त पन्त, साकार गुरुड्ड लगायतले स्वास्थ्य परिक्षण गरेको सापकोटाले बताउनुभएको छ । कार्यक्रममा कुईसट फ्र्माक्युटिकल्स प्रा।लिको सहयोगमा विधालयका ३६० छात्राहरुलाई सेनेटरी प्याड समेत वितरण गरिएको छ ।