महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य सञ्जाल गैँडाकोटको भेलाले पार्वती भण्डारीको अध्यक्षतामा नयाँ समिति चयन

गैँडाकोट, राजन खरेल, ५ फागुन ।
महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य सञ्जाल गैँडाकोट नगरपालिकाको दोस्रो साधारण सभा तथा पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

                अधिवेशनले पार्वती भण्डारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति चयन गरेको छ । जसको उपाध्यक्षमा शुसिला सापकोटा, सचिव मानकुमारी सापकोटा, कोषाध्यक्ष कुन्ति पौडेल, सह सचिव सरस्वती सापकोटा , यस्तै सदस्यहरुमा गंगा पौडेल, विमला रिजाल, तुला गौतम, पार्वती काफ्ले, संगिता आले, पम्फामाया सुनारी रहनुभएको छ ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यता तथा महिला स्वास्थ्य स्वयं सेविका स्वास्थ्य सञ्जाल गैँडाकोटका अध्यक्ष देबकला बरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि पौडेलले, स्वयं सेविकाहरुले समाजमा अमुल्य योगदान पुर्याएको चर्चा गर्नुभएको छ । गैँडाकोट नगरको सन्दर्भमा स्वयं सेविकाको योगदानको आगामी दिनमा मुल्यांकन गर्र्दैजाने धारणा राख्नुभएको थियो ।

कार्यक्रममा गैँडाकोट २ का वडाध्यक्ष धुब्रराम पौडेल, गैँडाकोट–१० का वडाध्यक्ष देविदत्त कंडेल, गैँडाकोट–१५ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, नगर स्वास्थ्य प्रमुख ईन्द्रराज शर्मा, पितौजीघाट स्वास्थ्य चौकी प्रमुख यम बहादुर कंटेल, मुकुन्दपुर खानेपानी संस्थाका अध्यक्ष शेषकान्त देबकोटा, देउराली बन गैडाकोट १२ की प्रतिनिधी तिल कुमारी थनेत लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सञ्जालकी सचिव मानकुमारी सापकोटाले आर्थिक वर्ष ०७३–०७४ को प्रगति प्रतिवेदन प्रस्तुत गर्दै स्वयं सेविकाहरुले समाजमा उल्लेखनिय योगदान गरेतापनि स्वयं सेविकाको उचित कदर हुन नसकेको धारणा राखनुभएको थियो । कार्यक्रममा सञ्जालकी कोषाध्यक्ष सरस्वती सापकोटाले आर्थिक वर्ष ०७३–०७४को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा संयोजक वेदप्रसाद गौडेलले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा २ महिला स्वयं सेविका सरस्वती आर्चाय र देवि घिमिरेलाई सम्मान गर्दै विदाई गरिएका छ