पेस्तोल सहित दुई जना पक्राउ

इटहरी, ५ फागुन । अमेरिकन मेड पेस्तोल सहित दुईजनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ । सादा पोसाकको टोलीले इटहरी ५ जनता बस्तीबाट ९ एमएमको एक राउण्ड गोली र पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा इटहरी ५ बस्ने बर्ष २२ को यामबहादुर लिम्बु र इटहरी ८ बस्ने बर्ष २१ को रोहन बस्नेत छन । इटहरी ९ स्थित बसपार्कमा युवाहरु झगडा गर्न लागेको सुचनाको आधारमा प्रहरीको टोलीले निगरानी बढाएको थियो । सोही क्रममा लिम्बुको साथबाट युएस मेड अटोमेटिक पेस्तोल बरामद गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संञ्जय राउतले जानकारी दिए । पक्राउ परेका लिम्बु यस अघि पनि ज्यान मार्ने अभियोगमा तिन बर्ष जेल सजाय काटेका व्यक्ति हुन ।

Promise Education Consultancy