कालीगण्डकी साहित्य परिषद्को पुर्नगठन

चितवन, ५ फागुन । कालीगण्डकी साहित्य परिषद् चितवनको शनिवार पुर्नगठन गरिएको छ । कवि तथा साहित्यकारहरुको खोलेसिमलमा शनिवार सम्पन्न भेलाले गणेश शर्मा पौडेलको अध्यक्षतामा पुर्नगठित नयाँ समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल अर्याल धादिङे,रुविन पौडेल, सचिवमा राजेन्द्र घायल, सहसचिवमा लीला दाहाल, कोषाध्यक्षमा मायादेवी पौडेल चयन भएका छन । समितिको सदस्यहरुमा होमप्रसाद भट्ट, रामकृष्ण घिमिरे, केडी राज, अमृत अम्गाई चयन भएका छन ।
भेलाले गणेश शमौ पौडेल संरक्षक र अमृत अम्गाई प्रधान सम्पादक रहेको कैलाश साहित्य पत्रिका प्रकाशन समिति र दशरथ सापकोटा संयोजक रहेको साँकृति उपसमिति र विद्यालय शाखा मञ्च गठन तथा कार्यक्रम संयोजकका रुपमा रुविन पौडेललाई चयन गरेको छ ।

Promise Education Consultancy