शुभप्रभात टोलमा सरसफाई

चितवन, ५ फागुन । शुभप्रभात टोल विकास संस्था रत्ननगर १० को सेवा क्षेत्र भित्र शनिवार सरसफाई गरिएको छ । विगत लामो समय देखि हरेक महिनाको पहिलो शनिवार टोल सरसफाई गर्ने परम्परालाई निरन्तरता दिदै शनिवार पनि सो टोलमा सरुसफाई गरिएको टोल समन्वय समितिका संयोजक ज्ञानेन्द्रराज पाण्डेले जानकारी दिए ।

टोलवासीहरुले सडकको किनारमा फालिएका फोहोरहरु संकलन गरी व्यवस्थापन गरेका थिए । टोलबासीहरुले सिसा,प्लाष्टिक र झाडी सरसफाई गरेका थिए । सो टोल विकास संस्थाले २०६३ साल देखि हरेक महिनाको शनिवार टोलको सरसफाई गर्दैै आएको संयोजक पाण्डेले जानकारी दिए । नियमित रुपमा टोल सरसफाई गर्दै आएको सो टोल विकास संस्था दुई पटक सम्म रत्ननगर नगरपालिकाबाट सम्मानित भएको छ । कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष विष्णु पुरीको अध्यक्षतामा भएको थियो ।

Promise Education Consultancy