५ करोडको श्रीकृष्ण प्रणामी मन्दिरमा महायज्ञ सुरु, फागुन ८ गते राष्ट्रपतिले उद्घाटन गर्ने

चितवन, ५ फागुन । श्रीकृष्ण प्रणामी मन्दिर रत्ननगर ११ जिरौनामा शनिवार देखि श्रीमद्तारतम सागर १०८ पाठ परायण महायज्ञ तथा श्रीमद् भागवत कथा अनुष्ठान सुरु भएको छ ।
मन्दिर स्थापन भएको ५० बर्ष पुरा भएको अबसरमा महायज्ञ आयोजना गरिएको हो । चितवनमा धार्मिक पर्यटन प्रर्बद्धनको लागि भारतीय कालिगढहरुबाट निर्माण गरिएको कलात्मक मन्दिर निर्माण खर्च जुटाउन महाय आयोजना गरिएको हो ।
५ करोड रुपैया खर्चिएर कलात्मक मन्दिर निर्माण गरिएको छ । उद्घाटन हुनुपूर्व बकुलहरबाट विशाल कलशयात्रा निकालिएको थियो । बकुलहरबाट सुरु भएको कलशयात्रा मन्दिरमा आईपुगेपछि महायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाका मेयर नारायण वनले रत्ननगरको गौरभको रुपमा जिरौनामा धार्मिक मन्दिर निर्माण गरिएको बताए । कृष्णप्रणामीको सो मन्दिरले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय धार्मिक पर्यटकहरु रत्ननगर भित्र्याउन मद्दत पुग्ने विश्वस व्यक्त गरे ।
१२ गते सम्म चल्ने सो महायज्ञ तथा महोत्सव अन्र्तगत आइतवार देखि १०८ पाठ पारायण सुरु हुने महोत्सव मुल समारोह समितिका सहसंयोजक श्याम बरालले जानकारी दिए ।
श्रीकृष्ण प्रणामीका मुख्य धर्मगुरु कृष्णमणि महाराजले आइतवार १०८ पाठ पारायण सुरु गर्ने छन् । सात दिन सम्म कृष्ण प्रणामीका धर्मगुरुहरु १०८ जगतराजजी महाराज,अमृतराजजी महाराज,लक्ष्मण ज्योति महाराज,राहितराज महाराज,यमनाथ शास्त्रीजी महाराज लतायतले पाठ पारायण र श्रीमद् भागवत कथा बाचन गर्ने छन ।
कलात्मक मन्दिरको फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
कलात्मक मन्दिरसंगै मन्दिर परिसरमा पानीको फोहोरा,कृष्णकथाका चित्रहरु,आर्कषक गेट,विवहा मण्डप र बृद्धाश्रम निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलकराज शर्मा पौडेलले जानकारी दिए ।
महोत्सव मुल समारोह समितिका सहसंयोजक श्याम बरालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला देबी दुवाडी,वडा अध्यक्ष तथा कृष्ण प्रणामी मन्दिरका धर्मगुरुहरुको सहभागिता रहेको थियो ।