एम्बुलेन्स चालक संघको अध्यक्षमा नवराज लामिछाने सर्वसम्मत

 

चितवन, फागुन ५ । संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेला शनिबार भरतपुरमा सम्पन्न भएको छ । संघ टे«ड युनियनमा दर्ता भएपछि प्रथम भेला आयोजना गरिएको केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए ।
भेलामा सात वटै प्रदेशका एम्बुलेन्स चालकहरुको उपस्थिति रहेको थियो । देशभरका एम्बुलेन्स चालकहरुलाई संगठीत गराउने र उनीहरुको हक हितका लागि काम गर्ने उद्देश्यले संघलाई आधिकारिक रुपमा टे«ड युनियनमा दर्ता गराइएको अध्यक्ष लामिछानेले बताए ।
भेलाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियन आवश्यकता रहेको भन्दै देशभरका एम्बुलेन्स चालकहरु संगठीत भएकोमा बधाइ दिएका थिए ।
विशिष्ट अतिथि नेकपा एमाले निर्वाचन क्षेत्र २ का संयोजक तथा जिल्ला सचिवालय सदस्य नारायणप्रसाद अधिकारीले अति संवेदनशील पेशाका रुपमा रहेका एम्बुलेन्स सेवालाई थप विस्वसनीय र स्तरीय बनाउनुपर्ने बताए ।
आफ्नो सेवा क्षेत्र भन्दा बाहिर गइ विभिन्न एम्बुलेन्स चालकहरुबाट अमर्यादित काम भएको टिप्पणी गर्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रनि सन्तोष पन्तले अनुशासित भइ काम गर्न आग्रह गरे । मादक पदार्थ सेवन, विभिन्न अवैध वस्तु ओसारपसार र भनेको समयमा सेवा नदिने भनी पछिल्लो समय एम्बुलेन्स प्रति जनगुनासो बढ्दै गएको टिप्पणी गर्दै प्रनि पन्तले गाडी, चालक सवै सधै चुस्त दुरुस्त हुनुपर्ने बताए ।
साथै प्रनि पन्तले एम्बुलेन्सका लागि निश्चित पार्किङ क्षेत्र, तीन अंकको आकस्मिक टेलिफोन सेवा, पोशाक र जीपीएस जडान समेत आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै श्री पुष्पाञ्जली हस्पिटल भरतपुरका व्यवस्थापक सुजन अधिकारीले पेशाप्रति कर्तव्यनिष्ठ भइ अघि वढ्न सुझाव दिए ।

अध्यक्षमा लामिछाने
भरतपुरमा शनिबार सम्पन्न संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम भेलाले केन्द्रीय अध्यक्षमा नवराज लामिछानेलाई सर्वसम्मत चयन गरेको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा ढुण्डराज मैनाली, उपाध्यक्षमा ठाकुर सापकोटा, महासचिव मुक्ति काफ्ले, सचिव दिपक थापा, कोषाध्यक्ष यदुनाथ भण्डारी रहेका छन् ।
संघको सदस्यहरुमा दिनेश योञ्जन, शिवप्रसाद वजगाई, तुलसी वि.क, शैलेन्द्र थापा र गोपी ब्लोन रहेका छन् । केन्द्रीय कमिटिलाई पूर्णता दिइ प्रदेश अनुसार र जिल्ला तहमा पनि संगठनको विस्तार गरिने महासचिव मुक्ति काफ्लेले बताए ।