हेल्प टु हेल्प इन्टरनेश्नलद्धारा आँबुखैरनीमा एम्बुलेन्स हस्तान्तरण तथा स्वास्थ्य शिविर सम्पन्न

राम बहादुर धामी

आँबुखैरेनी, ५ फागुन । हेल्प टु हेल्प इन्टरनेशनलको आर्थिक सहयोगमा आज आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा रहेको प्राथमिक उपचार केन्द्रलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । हेल्प टु हेल्प नेपालको सहयोगमा संचालित उक्त प्राथमिक उपचार केन्द्रलाई हेल्प टु हेल्प इन्टरनेश्नलले एक कार्यक्रमका विच एम्बुलेन्सको चावि हस्तान्तरण गरेको हो ।

एम्बुलेन्सको चावि प्रदेश नम्बर ४ का आन्तरिक मामिला न्याय तथा कानुन मन्त्री हरिबहादुर चुमानले हेल्प टु हेल्प नेपालका अध्यक्ष अमिर अधिकारीलाई हस्तान्तण गरेका हुन् । मानव सेवा नै सबैभन्दा ठुलो धर्म हो भन्ने मुल नाराका साथ २०६७ सालमा स्थापना भएको हेल्प टु हेल्प नेपालले नेपाल अधिराज्य भरी नै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । स्थानिय विकास तथा देशमा पर्दै आएको आपत्कालिन पिपदको बेला मा संस्थाले मानविय हिसावले विभिन्न खालको सहयोग पु¥याउर्दै आएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिए ।

यसै विच शनिवार नै आँबुखैरेनी गाउँपालिका वडा नं १ सत्रसयमा वृहत स्वास्थ्य शिवरको आयोजना गरिएको छ । टिचिङ्ग हस्पिटल काठमाण्डौका वरिष्ठ जनरल विशेषज्ञ डा. रामप्रसाद न्यौपानेको ५ जना विशेषज्ञ डाक्टरहरुको टोलीले ४ सय जना स्थानियहरुको नाक,कान,घाँटी, अर्थ तथा गाईनो सम्बन्धी रोगीहरुको निशुल्क उपचार गरिएको बताईएको छ ।

शिविरमा झण्डै २ सय जनाले मुटुको इसिजी गराएको र २ लाख रुपैया बराबरको औषधी निशुल्क वितरण गरिएको संस्थाका अध्यक्ष अधिकारीले जानकारी दिएका छन् । आफ्नौ घर आगनमा विशेषज्ञ सहितको टोलीको निशुल्क उपचार गराउन पाउदा स्थानिहरु निकै उत्साहित भएको र यस्ता शिविरलाई निरन्तरता दिदै अझै वृहत रुपमा अगाडी बढाउने संस्थाका अध्यक्ष अधिकारीको भनाई रहेको छ ।