प्रदेश नं ७ नेकपा एमाले संसदीय दलको नेतामा शाह निर्वाचित

धनगढी,५ फागुन ।   प्रदेश नं ७ मा नेकपा एमाले संसदीय दलको नेतामा बाजुराका सांसद प्रकाशबहादुर शाह निर्वाचित भएका छन्।

कैलालीका सांसद दीर्घ सोडारी र कञ्चनपुर सांसद तारालामा तामाङले संसदीय दलको नेतामा उम्मेदवारी फिर्ता लिएपछि सांसद शाह निर्विरोध निर्वाचित भएका हुन्।