एमालेसँग नझुक्न प्रचण्डलाई वाईसियल अध्यक्ष दिपशिखाको आग्रह

काठमाडौँ,४ फागुन । नेकपा माओवादी केन्द्रका यूवा संगठन वाईसिएलका अध्यक्ष रामप्रसाद सापकोटा (दिपशिखा)ले माओवादी केन्द्र एमालेमा विलय हुन नसक्ने बताएका छन् ।

सामाजिक संजाल फेसबुक मार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै उनले माओवादी केन्द्र एमालेमा विलय हुन नसक्ने बताएका हुन् ।

उनले सम्माजनक तवरले एमालेसँग पार्टी एकीकरणको बाटो रोज्न प्रचण्डलाई आग्रह गरेपनि विलय हुने तवरले एकीकरणको बाटो नरोज्न नेतृत्वलाई सचेत गराएका छन् । पार्टी एकताका निम्ति माओवादी नेतृत्व एमालेसँग गल्न एवं झुक्न आवश्यक नरहेको समेत उनले स्पष्ट पारेका छन् ।

उनले भनेका फेसबुकमा लेखेका छन् हामी हाम्रो आन्दोलन र पार्टी पूनर्संगठित गर्न सक्छौं । सूदृड पनि गर्न सक्छौं । पार्टीभित्रका इमान्दार र कर्तव्यनिष्ट नेता कार्यकर्तामाथि भर परेर फेरी एकपटक जाग्न सक्छौं । पार्टीलाई पुरानै अवस्थामा फर्काउन सक्छौं । बिग्रिएको केही छैन । अन्तिमसम्म पनि जनमतप्रति बफादार रह्यौं । अब अनावश्यक गल्न र झुक्न जरुरी छैन । पार्टी बनाउन लागौं । मनदेखि लाग्ने हो भने २ वर्षमा पुरानो अवस्थामा पार्टी फर्काउन सक्छौं । हामी युवाहरु तपाईको साथ हुन्छौं ।’

दिपशिखाको यस्तो प्रतिक्रियाले एमाले–माओवादीवीचको मिलनलाई थप अप्ठ्यारोमा पार्ने देखिन्छ ।