२८५४ औ सोनाम ल्होछार भरतपुरमा पनि मनाईयो

चितवन,४ फागुन ।  २८५४ औ सोनाम ल्होछार चितवनमा पनि बिभिन्न कार्यक्रम गरि मनाईएको छ । भरतपुर नगर तामाङ समाजले भरतपुर ११ भोजाडमा रहेको छेच्यु थर्प्लिङ गुम्बामा शुक्रवार अघिल्लो वर्ष जस्तै सांस्कृतिक कार्यक्रम, खेलकुद, रक्तदान तथा सम्मान साथै शुभकामना आदानप्रदान गरी नयाँ वर्ष सोनाम ल्होछार मनाएका छन ।
कार्यक्रममा स्वर्गीय जनगायक खुसीराम पाख्रीनको सम्मानमा उहाँका परिवारलाई सम्मानपत्रले सम्मान गरीएको थियो । ५ सय बढी जनवादी गितमा स्वर र सव्द भरेका खुसीराम गृहजिल्ला चितवनको केन्द्रिय वस टर्मिनलमा आयोजीत सभामा युवालाई जगाउने गीत गाउदा गाउँदै ढलेका थिए । नेपाली गीतसंगीतसँगै राजनीतिक परिवर्तनमा खुसीरामले अतुलनिय योगदान पु–याएकाले मरोणप्रान्त सम्मान गरीएको समाजका अध्यक्ष गंगालाल तामाङले बताउनुभयो ।
यस्तै ९० वर्ष माथिका ५ जना वृद्धवृद्धालाई पनि सम्मान गरीएको थियो । भरतपुर १० का वडा सदस्य नरीमाया लामा र सुनसरी ईटहरीका अपांगता भएका व्यक्त लाल बहादुर तामाङलाई पनि सम्मान गरीएको थियो । दुर्घट्नामा एउटा खुट्टा गुमाएका लाल बहादुरले कार्यक्रममा नृत्य साथै विभिन्न किसीमका जादु पनि प्रस्तुत गरेका थिए ।
यस्तै खेलकुदतर्फ म्युजिकल चेयरमा सुसन गुरुङ प्रथम तथा सुस्मीता पाख्रिन दोस्रो भए । उनिहरुलाई प्रमुख अतिथि प्रदेश साँसद घनस्याम दाहालले पुरस्कार प्रदान गर्नुभएको थियो । यस्तै दोङ समाज भरतपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा २१ जनाले रक्तदान गरेका छन । कार्यक्रममा बरिष्ठ सेलो गायक प्रेम लोप्चनले दर्जनौँ सेलो गित प्रस्तुत गर्नुभयो । भेसभुषमा सजिएका युवा, वृद्धवृद्धा र किसोरकिसोरी सेलो गीत तथा स्थानीय कलाकारको प्रस्तुतती सँगसँगै रमाईलो गरी ल्होछारको शुभकामना आदानप्रदान गरेका छन ।

ल्होछारले सद्भाव बढ्छ – सांसद दाहाल

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद दाहालले ल्होछार लगायतका चाडपर्वले समुदाय समुदायविच भातृत्व साथै सद्भाव कायम गर्ने बताउनुभएको छ । सवै चाड पर्व सवै समुदायले सहर्ज स्विकारेकारेर एक आपसमा शुभकामना आदानप्रदान गर्नेगरेका छन उहाँले भन्नुभयो बहुभाषा, संस्कृति भएको नेपालमा ल्होछार लगायतका चाडपर्वले सद्भाव कायम हुने विश्वास व्यक्त गर्नुभयो । सांसद दाहालले मुलुकमा राजनीतिक परिवर्तनसँगै सवै जात जाती, भाषा भाषी, वर्ग समुदायको हक अधिकार पनि सुनिश्चित भएकाले थप उपलव्धीका लागी सवै एक भएर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो । यस्तै समाजका अध्यक्ष गंगालाल तामाङले भाषा, धर्म, संस्कार संस्कृति संरक्षणमा युवाहरुलाई अघि बढ्न आव्हान गर्नुभयो ।
बौद्ध धर्मावलम्वीहरुले आज एकै दिन दुई छुट्टा छुट्टै ल्होछार मनाएका छन । तामाङ, ह्याल्मो लगायतका समुदायले सोनाम ल्होछार र हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत समुदायले ग्याल्बो ल्होछार विभिन्न कार्यक्रम गरी मनाएका हुन । सधैँ छुट्टा छुट्टै मितिमा मनाईने ल्होछार चन्द्र पात्रो अनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको हो । ल्होछार मनाउन शुक्रवार सरकारले विदा दिएको थियो । सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै फागुन ४ गत्ते शुक्रवार ग्याल्पो ल्होछारसँगै मनाएका हुन ।
आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई नयाँ वर्षका रुपमा स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको ल्होछार विज्ञहरुको भनाई छ । ल्हो भन्नाले वर्ष र छार भन्नाले नयाँ हुने भएकाले नयाँ वर्षका रुपमा चितवनसहित देश विदेशमा विभिन्न कार्यक्रम गरी नयाँ वर्षको स्वागत गरेका छन ।

Promise Education Consultancy