दुई वर्षीया बालिका बलात्कृत

राजविराज,४ फागुन ।  दुई वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीका १३ वर्षीय एक बालक पक्राउ परेका छन्। पीडित बालिकाका अभिभावकको मौखिक उजुरीका आधारमा सप्तरी प्रहरीले बालकलाई पक्राउ गरेको हो।

पीडित परिवारका अनुसार अनुसार बिहीबार बिहान आँगनमा खेल्दै गरेकी बालिका अचानक रुँदै आएपछि घटनाबारे जानकारी भएको थियो। बालिकाले असहज महसुस गरेको र संवेदनशील अंगमा रगत समेत देखिएपछि आफूले प्रहरीलाई खबर गरेको बालिकाकी आमाले बताइन्। उनी बालिकालाई बोकेरै प्रहरी कार्यालयमा पुगेकी थिइन्।

स्थानीय प्रहरी कार्यालयले घटनाबारे जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर बिहीबार साँझ नै बालकलाई पक्राउ गरेको हो। उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ।

Promise Education Consultancy