आज बालुवाटार छाड्दै देउवा

काठमाडौँ,४ फागुन । पूर्वप्रधानमन्त्री एंव नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले आज सरकारी निवास बालुवाटार छाड्दैछन्।

बिहीबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका उनले आज दिउँसो बालुवाटार छोड्ने तयारी गरेका हुन्। उनी गत असार ५ गते बिहान ५:२२ बजे बालुवाटार प्रवेश गरेका थिए। २०७४ जेठ २३ गते प्रधानमन्त्री नियुक्त भए पनि उनी ज्योतिषीको सुझाव अनुसार नै ढिलोगरी बालुवाटार गएका थिए।

‘ज्योतिषीले बालुवाटार पसेको ९ महिनाअघि नै त्यहाँबाट बाहिरिन सल्लाह दिएका छन्’, स्रोतले भन्यो, ‘त्यसैले उहाँले फागुन ५ गतेअघि नै बालुवाटार छाडिसक्नुहुनेछ।’

Promise Education Consultancy