आज ग्याल्बो र सोनाम ल्होसार मनाइदै

काठमाडौँ,४ फागुन । शेर्पा समुदायले आज (शुक्रबार) ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरि मनाउँदैछ। नयाँ वर्षका रूपमा मनाइने ल्होसारअन्तर्गत चरा वर्ष सकिई कुकुर वर्गको वर्ष सुरु भएको हो। तामाङ समुदायका केहीले शुक्रबार नै सोनम ल्होसार मनाउँदैछन्। केहीले भने एक महिनाअघि नै ल्होसार मनाएका थिए। सोनम ल्होसारका लागि सरकारले एक महिनाअघि नै सार्वजनिक बिदा दिएको थियो। ग्याल्बो ल्होसारका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ। ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले महान् पर्व ग्याल्बो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण शेर्पा समुदायको सुख, शान्ति एवं समृद्धिको कामना गरेकी छन्। सन्देशमा राष्ट्रपति भण्डारीले सिंगो नेपाली संस्कृतिभित्रको एक महत्त्वपूर्ण पर्वका रूपमा रहेको ल्होसारले सबै नेपालीमा उत्साह एव‌ उम‌ंग बढाउँदै नेपालीबीचको एकता, सद्भाव तथा मित्रता कायम राख्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेकी छिन्। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ग्याल्बो ल्योसारका अवसरमा शुभकामना दिँदै नेपाल बहुजाति, बहुसाँस्कृतिक र बहुभाषिक देश भन्दै यसलाई राष्ट्रिय एकताको प्रतीकको संज्ञा दिएका छन्।

 

Promise Education Consultancy