राप्तीका नगरपालिकाका दुई वडा पूर्ण खोपयुक्त

चितवन,४ फागुन । राप्ती नगरपालिकाका दुई वटा वडा पूर्ण खोपयुक्त वडा भएको छ । कोराक स्वास्थ्य चौकीको सेवा क्षेत्र भित्र पर्ने वडा नंं १० र ११ लाई पूर्णखोपयुक्त वडा घोषणा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि चितवन क्षेत्र नंं।१ का प्रतिनिधिसभा सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले ती दुई वडालाई पूर्ण खोपयुक्त घोषणा गरेका हुन् । वडा भित्र रहेका सबै बालबालिकाले सबै प्रकारको खोप लगाएको सुनिश्चित गरी दुई वडालाई पूर्ण खोप घोषणा गरिएको थियो । कार्यक्रममा कोराक स्वास्थ्यचौकी प्रमुख कुमार सापकोटाले पूर्णखोप विवरणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

यसैबीच सोही कार्यक्रममा कोराक स्वास्थ्य चौकी भवन उद्घाटनसमेत गरिएको छ । कार्यक्रममा भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान दिने जग्गादाता बद्री पाठकलाई सम्मान गरिएको थियो ।

Promise Education Consultancy