गैँडाकोटमा भएको १– दिने निशुल्क आखाँ शिविरमा ९१० जनाको आखाँ परिक्षण

गैँडाकोट, राजन खरेल, ३ फागुन ।
एक दिने निशुल्क आखाँ शिविर गैँडाकोटमा सम्पन्न भएको छ । लायन्स क्लब अफ गैँडाकोट मौलाकालिका र जुनियर रेडक्रस सर्कल बालविकासको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो । शिविरमा ९१० विधार्थीले आखाँ परिक्षण गरेका छन् । जसमध्ये २३ जनामा विशेष समस्या देखा परेपछि भरतपुर आखाँ अस्पताल सिफारिस गरिएको कार्यक्रम संयोजक लायन्स अनिल सापकोटाले जानकारी दिनुभएको छ । कार्यक्रममा भरतपुर आखाँ अस्तपालको प्राविधिक सहयोग रहेको थियो ।
आफुभन्दा कम भाग्यशाली मानवहरुका लागी लायन्स क्लबले विभिन्न सेवा मुलक कार्यक्रम स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, छात्रबृत्ती लगायता कार्यक्रम लक्षित गर्दै आएको कार्यक्रमका प्रमुख अतिथि लायन्स क्लब अन्र्तराष्ट्रिय ३२५ वि.टु. का निर्वतमान डिष्ट्रिक्ट गोर्भनर घनश्याम भट्टराईले बताउनुभएको छ । उहाँले लायन्स क्लब सधै मानविय क्षेत्रमा सेवा गर्दै आएको समेत स्पष्ट पार्नुभएको थियो ।
कार्यक्रममा लायन्स क्लबका रिजनल चेयर पर्सन लायन कृष्ण पाण्डे, एरिया नंम्बर ३ का चिफ लायन गोपाल प्रसाद गौतम, डिष्ट्रिक्ट क्याविनेटका कोषाध्यक्ष लायन सि.आर कंडेल, बालबिकास ईड्डिलिस स्कुल गैडाकोट २ का प्राचार्य दिपक रावत लगायतका अतिथिहरुको उपस्थिती रहेको थियो । कार्यक्रम लायन्स क्लब अवल गैँडाकोट मौलाकालिकाका प्रशिडेन्ट लायन सरस्वती सुवेदि सापकोटाको अध्यक्षतामा सम्पन्न भएको हो ।