प्रधानमन्त्री देउवाको राष्ट्रका नाममा सम्बोधन सुरु (लाईभ सम्बोधन हेर्नुहोस)

 

काठमाडौं ३  फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन सुरु गरेका छन् । हिजो सम्बोधन गर्ने कार्यतालिका भएतापनि प्रधानमन्त्री सेना क्लबले आयोजनामा रात्रिभोजका निम्ति गएकाले सम्बोधन आजका लागि सरेको थियो ।

सम्बेधनका क्रममा देउवाले हालसम्म सरकारलाई प्रतक्ष्य अप्रतक्ष्य रुपमा संचालनका निम्ति सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
मुलुक संधीयतामा गईसकेकाले अब विकासको गतिमा अगाडी बढ्ने बताए ।

हालको सरकारले स्थानीय, प्रतिनिधी र राष्ट्रियसभाको चुनाव सम्पन्न गराई देशमा स्थायी शान्ति कायम गर्न सकेकोमा सबैलाई धन्यवाद दिए । साथै उनले अब बन्ने वाम सरकारले देशको नेतृत्व गर्ने र आफुहरु जनताको जनादेश अनुसार बलियो प्रतिपक्षको भुमिका रहने उनले उल्लेख गरे ।

सम्बोधनका क्रममा उनले सरकारले विभिन्न चुनौतिका बाबजुत पनि निर्वाचन सफल गरेको र राष्ट्रको हितका लागि सदैव छिमेकी देशसँगको कुटनितिक सम्बन्धमा हातेमालो गर्ने उल्लेख गरे । साथै प्रधानमन्त्री देउवाले बिहिबार नै राजिनामा दिने बताए ।