देउवाले बोलाए मन्त्रिपरिषदकाे बैठक, बैठक लगतै देशवासीको नाममा सम्बोधन

 

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवा राजीनामा दिने तयारीमा छन् । देउवाले सत्ताबाट बाहिरिनुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएकाछन् ।

प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने भनिएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि उनको सम्बोधन सरेको हो ।

प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले अनुसार बिहीबार नौ बजे सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक बस्दै छ । बैठक सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

नौ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद बैठक सकिए लगतै प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

देउवा गत जेठमा ४० औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए ।

Promise Education Consultancy