अद्वैत संस्थाको महासत्संग सुरु

चितवन, २ फागुन । चितवनमा रहेको अद्वैत संस्थाबाट यस वर्षको महा सत्सङ्ग सुरु गरेको छ । फागुन १ देखि सुरु भएको सत्संग एक हप्तासम्म सञ्चालन हुने र यहाँ सत्संग सकिएपछि आठ वटा टोली बनाएर देशव्यापी महासत्संगको लागि निस्कनेछ । आठ वटा टोलीले आफ्नो काम सकेपछि वैशाख शुक्ल पञ्चमीका दिन काठमाडौँ पुग्ने अद्वैत संस्थाका अनन्तलाल सरस्वतीले जानकारी दिए । काठमाडौँ पुगेपछि गुरु जयन्ती मनाउँदै २१ दिने सत्संग गरिने अनन्तलालले बताए । यसरी सुरु भएको राष्ट्रव्यापी महासत्संग काठमाडौँ पुगेर बिसर्जन गरिने उनको भनाइ छ । महा सत्संगको अवसर पारेर सुरु भएको प्रवचन तथा कथा पाठ परायणमा मुख्य वाचक अद्वैत विश्वविद्यालयका कुलपति प्रताप चक्रवर्ती रहेका छन् भने अपर्णा चक्रवर्ती, प्रधान जगतगुरु रिडी पिठाधिश देवेश्वर सरस्वती, रिडी पिठाधिशका उत्तराधिकारी विष्णुप्रसाद आचार्य, देवघाट पिठाधिशका उत्तराधिकारी विष्णुप्रसाद सरस्वती, अद्वैत संस्थाका केन्द्रीय प्रधान सभापति वसन्तलाल महासरस्वती, प्रधान कुलपति सहचारी अनन्तलाल सरस्वती, केन्द्रीय महासचिव रामचन्द्र महत, कोषाध्यक्ष पण्डित कृष्णप्रसाद गौतम, पण्डिट विष्णुप्रसाद पोखरेल, केन्द्रीय सहसचिव गोपालचन्द्र पौडेल आदीले पाठ पारायण गर्ने अनन्तलाल सरस्वतीले जानकारी दिए । देशभरी रहेको चार सय वटा शाखाबाट महासत्संगमा सहभागी भएको सरस्वतीको भनाइ छ ।

Promise Education Consultancy