काँग्रेस चितवन सुधार गर्न विभिन्न २७ वटा विभागहरु गठन

चितवन, २ फागुन । नेपाली काँग्रेस चितवनको आज सम्पन्न पुर्ण बेठकले विभिन्न २७ वटा विभागहरु गठन गरी विभागिय जिम्मेवारी समेत दिईएको छ । काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले संगठन बिभाग उद्धव लोहनी, प्रचार प्रसार निता ढकाल, प्रशिक्षण बिभाग डा. ईश्वरी लौडारी, स्थिानिय निकाय परिचालन केशब महर्जन, महिला ईन्दु पण्डीत, तरुण प्रल्हाद सापकोटा, बिद्यार्थी किरणभूषण सिंहओली लाई जिम्मेवारी दिएको छ ।
यस्तै ट्रेडयुनियन गणेश पौडेल, सामाजिक तथा गैरसरकारी संस्था समन्वय समिति देबकि गौतम, खेलकुद झलक गुरुङ्, शिक्षा दिवाकर अर्याल, सहकारी शेखर दवाडी, कृर्षि हरीहर सुवेदी, आदिवासि जनजाति दोर्ण गुरुङ्, दलित बाजीराम परियार, संस्कृति बिभाग कमला श्रेष्ठ, पर्यटन साबित्रि उप्रेति, मुल्याङ्कन तथा अभिलेख सोभाखर चापागाई, भूपु सैनिक हेमलाल भटराई, वन तथा वातावरण सुरबिर पोख्रेल, पेशागत तथा वुद्धिजिबि निलमर्णी पाठक, दिनेश अधिकारी स्वास्थ्य , सुभेच्छुक संस्था समन्वय कृष्ण कुमार श्रेष्ठ, उद्योग बिभाग जयराम श्रेष्ठ, अनुसासन भूपतिदाश सापकोटा, प्राकृतिक स्रोत टंक उप्रेति, श्रम तथा यातायात दिपक अधिकारीलाई जिम्मेवारी दिईएको काँग्रेस चितवनका सचिब उत्तम जोशीले जानकारी दिनुभयो ।
बैठकले काँग्रेस चितवनको कानुनि सल्लाहाकारको रुपमा बरिष्ठ अधिबक्ता माधव खनियालाई नियुक्ति गर्ने निर्णय समेत गरेको छ । यसैगरि नयाँ वर्ष २०७५ को अवसरमा भित्ते पत्रिका प्रकाशन गर्नेका लागि जिल्ला सह सचिब सुर्य अर्याल को संयोजकत्वमा ७ सदसिय प्रकास समिति समेत गठन गरेको छ ।

सदस्यहरुमा डा. ईश्वरी लौडारी, सुरविर पोख्रेल, दिनेश अधिकारी, केशव महर्जन , ईन्दु पण्डीत , कमला श्रेष्ठ रहनु भएको छ । सो अबसरमा जिल्लाबाट प्रतिनिधि सभा समानुपतिकमा पर्नु भएका महिला संघकी केन्द्रिय अध्यक्ष उमा रेग्मि, उमेश श्रेष्ठ, प्रदेश सभा सदस्यमा समानुपातिक तर्फबाट सांसद वन्नु भएका पूर्ब संसद गिता वाग्ले, पूर्ब क्षेत्रीय सभापति बलराम पौडेल र पूर्ब नगरसभापति मिलनबाबु श्रेष्ठ लाई बधाई ज्ञापन समेत गरेको सचिब जोशीले जानकारी दिनु भयो ।

Promise Education Consultancy