​जेसिजको ट्राफिक सचेतना कार्यक्रम शुरु

चितवन, २ फागुन ।नारायणगढ जेसिज तथा नारायणगढ लेडि जेसिजको संयुत्त आयोजनामा ट्राफिक सचेतना कार्यक्रम शुरु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय चितवनका प्रमुख प्रहरी निरिक्षक सन्तोष पन्थको प्रमुख आथ्तियतामा नारायणगढ जेसिजका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा प्रत्येक महिनाको २ गते १ वर्ष सम्म नियमित संचालन गर्ने गरि सो कार्यक्रमको शुभारम्भ गरिएको हो ।
तिव्र गति जिवनको क्षति, सवारी साधन बिस्तारै हाँकौ, मादक पदार्थ सेवन गरि सवारी नचलाउँ, जस्ता सन्देश मुलक ब्यानर र प्लो कार्ड प्रदशन गएिको थियो । कार्यक्रमा नारायणगढ जेसिजका पुर्व अध्यक्ष गोपाल प्रसाद भट्टराई, नारायणगढ लेडि जेसिजकी अध्यक्ष रमा श्रेष्ठ लगाएत पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।