जाँदाजाँदै सम्बन्धनको खेल

 

काठमाडौं, फागुन २ । शिक्षामन्त्री गोपालमान श्रेष्ठ पदबाट बाहिरिने लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । कान्तिपुरमा समाचार छ ।

सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ । मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरुलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन ।

परिषद् स्रोतका अनुसार विविध शीर्षक मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् । यसअघि मन्त्री श्रेष्ठले प्रतिनिधिसभाको निर्वाचन आचारसहति लागेकै बेला आर्थिक चलखेल गे २५ कलेजलाई ३४ बटा कार्यक्रमको सम्बन्धन दिएका थिए ।