भरतपुर विमानस्थलमा यात्रुको चाप बढ्दै

चितवन फागुन २ । निर्माणाधीन अवस्थामा रहेको नारायणगढ मुग्लिङ्ग सडकखण्डको निर्माणकार्यमा ढिलाई भएपछि भरतपुर विमानस्थलमा पछिल्लो केही सातायता यात्रुको चापमा वृद्धि भएको छ ।
पहिलो दैनिक ३/४ पटक मात्रै उडान हुँदै आएको विमानस्थलमा यात्रुको चाप बढेसँगै अहिले दैनिक १० देखी १५ जहाजले उडान भर्ने गरेका छन् । भने,भरतपुर विमानस्थल प्रयोग गरेर विभिन्न विमानमार्फत दैनिक १ हजार जनाले यात्रा गर्ने गरेका छन् । यस्तै, २०१५ सालमा निर्मित भरतपुर विमानस्थलको स्तरोन्नति भने अझै हुन सकेको छैन् ।
नारायणगढ मुग्लिङ्ग सडक, मानिसको व्यापारिक केन्द्र, पर्यटकका कारण पनि चाप वढेको हो । तर , भरतपुर विमानस्थलमा हवाई चाप वढेपनि स्तरोन्नती भने हुने सकेको छैन् ।
६२ विगाहामा रहेको विमानस्थलको रन वे १२ सय मिटर छ । रन वे सानो भएकै कारण भरतपुर विमानस्थलमा ठुला जहाज आउँदैनन् । भरतपुर विमानस्थल वरपर निश्चित उचाइका भन्दा अग्ला घर वनाउन नपाइने नियम भएपनि त्यसको कार्यान्वयन भएको छैन् ।
विमानस्थल आसपासका भौतिक संरचनाकै कारण उडानका लागि जोखिम पनि थपिएको छ । भरतपुर महानगरले एक तला भन्दा वढी नक्सापास रोकेपनि स्थानीयले आफुखुसी ट्रष्ट राख्ने गरेका छन् ।