होटल सेभेन स्टारले पायो “अन्र्तराष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अर्वाड २०१८”, हेरौँ ५ फोटो

चितवन, १ फागुन । पर्यटकीय नगरी सौराहामा रहेको होटल सेभेन स्टार प्रा.लि.ले पहिलो अन्र्तराष्ट्रिय गुण्णस्तर अर्वाड पाएको छ ।
स्पेनको ग्लोबल ट्रेड क्लबले विश्वको १ सय ५० उत्कृष्ट होटलहरुलाई हरेक बर्ष प्रदान गर्ने “अन्र्तराष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अर्वाड २०१८” पाउन सफल भएको छ । यो अर्वाड पाउने यो नेपालको पहिलो होटल समेत बन्न पुगेको छ ।


सौराहामा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई उच्चस्तरीय सेवाका लागि पहिलो नम्बर कायम राख्न सफल यस होटलले विभिन्न सूचकहरुलाई पुरा गर्दै गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गरे वापत अर्वाड दिएको स्पेनको ग्लोबल ट्रेड क्लबको वेवसाईडमा उल्लेख छ ।


सो अवार्ड होटल सेभेन स्टार प्रा.लिको तर्फबाट स्पेन निवासी एनआएन युरोपका उपसंयोजक एकराज गिरीले म्याड्रिड स्थित पाचतारे होटलमा एक भव्य समारोहका विच अवार्ड ग्रहण गरेको होटलका प्रबन्ध निर्देशक माधव दुवाडीले जानकारी दिए । गिरी नेपाल पयटन वाेडका  स्पेन स्थित मानार्थ जनप्रतिनिधी समेत हुन् ।
यसअघि दुई बर्ष अगाडी मात्रै पर्यटकीय नगरी सौराहाको एक मात्र स्टार होटलका रुपमा परिचित होटेल सेभेन स्टार ट्राभलर च्वाईस अवार्ड प्राप्त गर्न सफल भएको थियो ।
अवार्ड घोषित भएसथै होटेल सेभेन स्टार नेपालका होटलहरु मध्येबाट टप टेन भित्र समेत पर्न सफल भएको थियो ।
भिआईपी हवका रुपमा परिचित समेत बनेको होटलले पाएको यो अर्वाड हामीलाई थप उत्साह थपेको छ, प्रबन्ध निर्देशक दवाडीले भने हाम्रो सेवा प्रति पाहुनाहरुले दिएको अपाहर माया हो, अब थप उचाई हामी पुग्नेछौ ।
यस अवार्डले सन् २०१८ मा चितवनको सौराहा पुग्ने पर्यटकहरुले बस्नै पर्ने होटेलको रुपमा चिनाउछ ।
पर्यटक राख्न सक्ने क्षमता, सेमीनार हललगायतको अवस्थाले सौराहाकै ठूलो होटेलको रुपमा यस होटेल पर्छ । होटेलको वातावारणले नै जोकोही पर्यटकलाई पनि लोभ्यान सक्छ ।
यस होटेल स्थापना भएको मात्र ४ वर्ष पुरा भएको छ ।