लक्ष्मि माध्यामिक विधालय अमरापुरीको स्वर्ण महोत्सब अन्र्तगत सप्ताह ब्यापी कार्यक्रम आज बाट सुरु

गैँडाकोट, राजन खरेल, १ फागुन ।

लक्ष्मि माध्यामिक विधालय गैँडाकोट–१५, अमरापुरीको स्वर्ण महोत्सब अन्र्तगत सप्ताह ब्यापी कार्यक्रम आज देखि अमरापुरीमा सुरु भएको छ ।
कार्यक्रमको गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले दिप प्रत्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले संमृद्ध नगर निर्माणको अभियानमा लक्ष्मि माध्यामिक विधालयले विगत देखि खेलेको भुमिका सहनिय रहेको स्पष्ट पार्दै आगामी दिनमा सामुदायिक विधालयको गुणस्तर सुधारको सबालमा सबैपक्ष जिम्मेबार भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा शिक्षाविद् एंब विधालयका पुर्व प्रधानाध्यापक दशरत तिवारीले शुभकामना मन्तब्य राख्दैं विधालयको ईतिहास यहाँको समुदाय संग जोडिएको बताउदैं यसको गरिमा उच्च राख्नुपर्ने धारणा राख्न’भयो । समारोहमा स्वागत मन्तब्य राख्दै विधालयका प्रधानाध्यापक मणिकण्ठ कंडेलले विधालयको पृष्ठभुमि अत्यन्त चाखलाग्दो रहेको बताउदैं सभालाई विगतको पृष्ठभुमि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा देबचुली नगरपालिकाका स्रोत ब्यक्ति दुर्गादत्त सापकोटा, राजकुमार हमाल स्मृति अक्षय कोषका संरक्षक रामबाबु हमाल, विधालयका पुर्व अध्यक्ष आनन्द प्रसाद पौडेल, पुष्पराज पौडेल, ज्ञान बहादुर पोख्रेल, सहकारी समन्वय मञ्च गैँडाकोटका अध्यक्ष बेद प्रसाद गौडेल, पुर्व प्रधानाध्यापक दशरत तिवारी, गैडाकोट १५ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, गैँडाकोट–१६ का वडाध्यक्ष गोर्वद्धन ज्ञवाली लगायतको सहभागिता रहेको थियो ।

उद्घाटन पुर्व विधालयका विधार्थी, स्थानिय संघ–संस्था प्रतिनिधी, समाजसेवी , बुद्धिजिबी, छिमेकी विधालयका विधार्थी लगायतको सहभागितामा, आफ्नो ब्यानर र पोशाकमा सोभा यात्रा सहितको र्याली समेत निकालिएको थियो । सोही क्रममा अमरापुरीको राजमार्ग क्षेत्र परिक्रममा गरिएको विधालयको प्रचारप्रसार समिति संयोजक खेमप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । र्यालीका क्रममा पञ्चेबाजा, स्काउट प्रर्दशन , भजन लगायतको मौलिकता झल्कने सामाग्री प्रस्तुत गरिएको थियो ।