खैरहनीमा तीन वर्षमा ४ सय ८९ पशुको विमा

 

चितवन, १ फागुन । खैरहनी नगरपालिका १० शान्तिवजार स्थित नन्दिनी दुग्ध उत्पादक सहकारी संस्थाले कुनै कारण पशुको क्षती भएमा ८० प्रतिशत अनुदान दिने भएको छ ।
सो संस्थाले संचालन गरेको बीमा कार्यक्रमको मंगलवार आयोजित तेश्रो वार्षिक साधारण सभाले कुनै पशुको क्षती भएमा बीमा रकमको ८० प्रतिशत अनुदान दिने निर्णय गरेको संस्थाका अध्यक्ष वालकृष्ण उप्रेतीले जानकारी दिए ।
यसअघि ७० प्रतिशत अनुदान दिदै आएको थियो । अव किसानले आफ्नो कुनै पशुको क्षती भएमा २० प्रतिशत मात्रै घाटा व्यहोर्नु पर्नेछ ।
चितवन निर्वाचन क्षेत्र नम्वर एक प्रदेश सभा सदस्य दावा दोर्जे लामाको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार हाल सम्म करिव ५ सय पशुको बीमा गरेको प्रतिवेदन पेश गरिएको थियो । संस्थाका अध्यक्ष उप्रेतीका अनुसार तीन वर्षमा ४ सय ८९ पशुको विमा गर्नुका साथै अन्य केहीको प्रक्रियामा रहेको वताए ।
पहिलो वर्ष २ सय पशुको विमा भएको थियो । बीमा कार्यक्रमपछि पशुको बीमा गर्नेको संख्या वढ्नुका साथै व्यवसायिक रुपमा पशुपालन गर्ने किसानको संख्या वढेको र दुग्ध उत्पादनमा समेत वृद्धी भएको अध्यक्ष उप्रेतीले वताए ।
गत वर्ष ६ वटा पशुको क्षती भएकोमा संस्थाले १ लाख ८० हजार रुपैया क्षतीबापत किसानलाई प्रदान गरिएको छ ।
सो संस्थामा ३ सय ४० जना शेयर सदस्य तथा वाँकी ६० गैरसदस्य आवद्ध छन् । संस्थाका अध्यक्ष उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा खैरहनी १० का वडाध्यक्ष कारीराम चौधरी,बीमा कार्यक्रम संयोजक श्यामनारायण फुयाँल लगायतले मन्तव्य राखेका थिए ।