भीमवली मन्दिर निर्माण गर्न महायज्ञ

चितवन, १ फागुन । कालिका नगरपालिका वडा नं.५ पदमपुरमा भीमवली बाबाको मन्दिर निर्माणको लागि सहयोग संकलन गर्न फागुन १३ गते देखि श्रीमद भागवत धनधान्याञ्चल सप्ताह महायज्ञ आयोजना गरिने भएको छ ।
भीमवली मन्दिर संरक्षण समितिले मंगलवार पदमपुरमा पत्रकार सम्मेलनको आयोजना मन्दिर सहित अन्य संरचना निर्माणको लागि महायज्ञ आयोजना गरिएको जानकारी दिएको हो ।


नेपाल सरकारले प्रदान गरेको १३ कठ्ठा जग्गामा मन्दिर लगायतका संरचना निर्माण गरिने महायज्ञ मुल समारोह समितिका अध्यक्ष नन्दप्रसाद भट्टराईले जानकारी दिए । महायज्ञबाट भएको आम्दानीले भीमवली बाबाको मन्दिर, विवाह मण्डप, धार्मिक पुस्तकालय, आध्यात्मिक योग भवन, थारु संग्रहालय,ब्रहमबाबाको मन्दिर,बाल उद्यान निर्माण गर्ने योजना रहेको अध्यक्ष भट्टराईले जानकारी दिए । महायज्ञबाट दुई करोड रुपैया संकलन गर्ने योजना रहेको छ ।
महायज्ञ सम्पन्न गर्न १० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । महायत्र सुरु नहुदै रत्ननगरका व्यवसायी यमनाथ आचार्यले दुई लाख रुपैया प्रदान गर्ने घोषणा गरेका छन । महायज्ञमा बाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले कथा बाचन गर्ने छन ।


पदमपुर स्थानान्तरण पछि पहिलो पटक पदमपुरमा धार्मिक कार्यक्रम आयोजना गरिएको समितिका महासचिव भीष्मप्रसाद खनालले बताए । पदमपुर स्थानान्तरण नहुँदा सबै जातजातिले पुजाआजा गर्ने भीमवली बाबाको मन्दिर संकटमा परेको भन्दै मन्दिरको अस्थित्व जोगाउन महायज्ञ आयोजना गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा ऋषबदेव भट्टराईले मन्दिरको इतिहास प्रस्तुत गरेका थिए । कार्यक्रममा शिवालय मन्दिर निर्माण गर्दा भएको आम्दानी खर्चको विवरण समेत प्रस्तुत गरिएको थियो ।