एपीएफ क्लब महिला भलिबलको फाइनलमा

चितवन, २९ माघ । विभागीय टिम सशस्त्र प्रहरीकाे एपीएफ क्लब पर्यटकीय नगरी पटिहानीमा आयोजित प्रथम मेयर कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगताकाे फाइनलमा प्रवेश गरेकाे छ ।
अाज सम्पन्न पहिलो सेमिफाइनल खेलमा अर्काे विभागीय टिम नेपाल पुलिस क्लबलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेकाे हाे ।
एपीएफले पुलिसविरूध्द (२५-१४) , (२७-२५) र (२५-१५) को जित निकालेकाे म्याच कमिस्नार लेखनाथ शर्मा पराजुलीले जानकारी दिए ।

दोस्रो सेमिफाइनलमा अर्काे विभागीय टाेली त्रिभुवन आर्मी क्लब र शिवम् न्यू डायमण्ड एकेडेमीसँग भिडिरहेकाे छ । डायमण्डले २ सेट जितिसकेकाे छ ।
प्रतियोगिताको फाइनल भाेलि हुनेछ । त्यसअघि तेस्राे स्थानका लागि प्रतिस्पर्धा गरिने प्रचारप्रसार समिति संयाेजक रामहरि सेढाईंले जानकारी दिए ।