सौराहा फुड फेष्टिवलमा आज रमेशराज र सम्झनाले तहल्का मचाउने

चितवन, २९ माघ । पिर्यटकीय नगरी सौराहामा १२ औँ संस्करणको सौराहा फुड फेष्टिवलको दोश्रो दिन विधिध कार्यक्रमहरु हुदैछ र
आज दोश्रो दिन तेक्वान्दो प्रतियोगिता र वेटर रेस प्रतियोगितासगैँ वेलुका स्वदेशी तथा विदेशी पर्यटकहरुले विविध खानाका परिकारहरुसगँ रमाउने फेष्टिवलका संयोजक कपिल रेग्मीले जानकारी गराए ।
यस्तै हरेक दिनजस्तै आजको दोश्रो दिन चर्चीच गायक रमेश राज भट्टराई, शिवहरी ढुंगाना, जीवन दाहाल, चोलेन्द्र पौडेल, गायिक सम्झना भण्डारीसहित स्थानिय कलाकारहरुले सास्कृतिक प्रस्तुती मुख्य आर्कषण हुने कलाकार संयोजक नविन नेपालले जानकारी दिए ।
५ दिनसम्म चल्ने फेष्टिवलमा हरेक दिन फरक फरक आर्कषक प्रस्तुतीसगैँ प्रेमदिवसका दिन हात्तीको वनभोज समेत हुने रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए ।