चौथो चितवन च्याम्पियनसिप : जु फुटबल क्लब जुगेडी फाईनलमा

चितवन, २८ माघ । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आज भएको सेमिफाइनल खेलमा जु फुटबल क्लब जुगेडी २-० को गोल अन्तरले रामपुर फुटबल क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ ।

पहिलो हाफको ९ मिनेटमा जुगडीका जर्सी नं १० लगाएका योगेश गुरुङले गोल गरेका थिए , त्यसैगरि दोस्रो गोल जुगेडीका लागि जर्सी नं २३ लगाएका डोना थापाले खेलको ६३ मिनेटमा अर्को गोल गर्दै अग्रता दोब्बर गर्दै टिमलाई २-० को गोल अन्तरले विजयी गराउन सफल भएका थिए,
खेलको म्यान अफ दि म्याच जुगेडीका कप्तान निराजन मल्ललाई स्थानिय विकास अधिकारी कृष्ण प्रसाद सुवेदीको समुपस्थितिमा क्लवका अभिभावक एवं माअोवादी केन्द्रका नेता श्री नारायण दाहालले प्रदान गर्नुभएको थियो। फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

भोलिको अन्तिम सेमिफाइनल खेल भरतपुर फुटबल क्लब B.F.C. का बिरुद्ध गैडाकोट फुटबल क्लब गैडाकोटका बिचमा हुनेछ र त्यसको विजेताले फागुन २ गते हुने फाईनल खेलमा जुगेडीको सामना गर्नुपर्नेछ।जुगेडी दोस्रो चितवन च्याम्पियनसिप कप २०७२ को विजेता पनि हो। हरेक दिन प्रदान गर्ने गरिएको एभरेष्ट लक्की ड्रमा अाज भरतपुर ११ निवासी पुर्ण बहादुर योञ्जनले अाकर्षक मोबाइल प्राप्त गर्न सफल हुनुभयो, एभरेष्ट लक्की ड्र मार्फत हरेक दिन एकजना टिकट खरिदकर्तालाई मोबाइल प्रदान गरिने अायोजकले जनाएको छ।

Promise Education Consultancy