क्यान इन्फोटेक मेलाको प्रचण्डद्धारा अवलोकन

चितवन माघ २७ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार भरतपुरमा जारी तेस्रो डिजीकम ‘क्यान इन्फोटेक मेलाको अवलोकन गरेका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल लगायतको टोलीसंग प्रचण्डले मेलाको अवोलकन गरेको क्यान चितवनका संयोजक दिलिप तामागंले जानकारी दिए ।

सो अवसरमा क्यान चितवनका अध्यक्ष तथा मेला मूल आयोजक समितीका संयोजक भानु शर्माले क्यान मेलामा आएका नयाँ नयाँ सूचना प्रविधिका बारेमा जानकारी गराएका थिए ।
सो अवसरमा बोल्दै उनले सूचना प्रविधिबारेमा जानकारी दिन मेला अहिलेको आवश्यकता भएको बताए ।