किसान साकोस गैँडाकोटको सेवा विस्तार गर्दै परिष्कृत सेवा दिने:अध्यक्ष चालिसे

गैँडाकोट, राजन खरेल, २७ माघ ।


किसान साकोस गैँडाकोटको मित्रमिलन तथा परिचयात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ । सहकारीका संम्बद्ध सबैपक्ष बिच सुमधुर सम्बन्ध स्थापना गर्दै , विकसित गतिबिधी एकआपसमा साटासाट गर्ने उद्धेश्यले देबचुली नगरपालिकामा, कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिव अनिल सापकोटाले जानकारी दिनुभएको छ ।

कार्यक्रममा नेफ्स्कुनका संचालक शान्ति अधिकारीको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष श्रीहरि चालिसेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि अधिकारीले किसान साकोसले यस क्षेत्रको आर्थिक संमृद्धिमा ठुलो योगदान पुर्याएको धारणा राख्नुभएको थियो । उहाँले सहकारीको क्षेत्रमा यस सहकारीले उदाहरणिय कार्य गरेको स्पष्ट समेत पार्नुभयो ।
यस्तै संस्थाका अध्यक्ष श्रीहरि चालिसेले विकसित परिष्थितीमा संस्थाको परिवर्तित विवरण बारे प्रष्ट पार्नुभएको थियो । अध्यक्ष चालिसेले सहकारीको कार्यक्षेत्र र सेवाहरु सुद्रिढ र विस्तार भैरहेको जानकारी गराउनुभएको छ । उहाँले सहकारीका सेबा सुविधालाई अझ परिष्कृत र मजबुत पार्दै लगिने प्रतिबद्धता समेत जनाउनुभएको छ ।

कार्यक्रममा नेफ्स्कुन संचालक भरत दवाडी, युवा स्वोरोजगार कोष नवलपरासीका सदस्य सचिव प्रितम कुमार भुजेल,  सहकारी अभियान्ता तिलक प्रसाद पराजुली, गोपाल गौतम, प्रेम प्रसाद अधिकारी, सि.आर कंडेल, देबचुली नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष मेख बहादुर सारु मगर लगायत सयौं सहकारी संग सम्बद्ध ब्यक्तित्वहरुको सहभागिता रहेको सहकारी अभियान्ता रेशमलाल सापकोटाले जानकारी दिनुभएको छ ।

 

संस्थाका सचिव अनिल सापकोटाको सहजिकरण रहेको सो कार्यक्रममा निर्वतमान अध्यक्ष गोपाल प्रसाद गौतमले स्वागत मन्तब्य राख्नुभएको थियो ।