सम्पादकीय : प्रविधि प्रति सचेत बनौँ

सूचना र प्रविधि क्षेत्रको विकासमा दक्षिण एशियामा नै नेपाल अगाडि रहेको देशको रुपमा परिचित छ । प्रविधि क्षेत्रमा जसरी विकास भैरहेको छ त्यो गतीमा अन्य क्षेत्रको विकास हुने हो भने दक्षिण एसियाको धनी देशको रुपमा चिनिन नेपाललाई समय लाग्दैन । केही वर्ष अगाडिसम्म हुलाकको भरमा सूचनाको आदान प्रदान हुने गरेको देशमा अहिले प्रविधिको विकाससँगै सूचना र सञ्चार क्षेत्रको ह्वात्तै विकास भएको छ ।

परेवाको खुट्टामा चिठी पठाएर सन्देश पठाउने गरेको देशमा हुलाकासँगै अहिले टेलिफोन, इमेल र इन्टरनेट प्रयोग नगर्ने समुदाय सायदै होलान् । पहिले चिठी पठाउनको लागि पढेका मान्छेहरु खोज्न हिड्नेहरु पनि आज आफैले मोबाइलमा कुराकानी गर्न सक्ने भएका छन् । हुलाक, आकाशवाणी, ल्याण्डलाईन फोन, मोबाईल फोन हुँदै ईमेल इन्टरनेटसम्मको प्रक्रियामा नेपालले निकै छोटो समयमा फड्को मारेकाले चिठी लेख्दै गरेकाहरुले आकाशवाणी र ल्याण्डलाईन फोनको नामै नसुनी इन्टरनेटको प्रयोग गर्न थाले ।
सूचना र सञ्चारको क्षेत्रमा भएको विकास देश र जनताका लागि खुसीको कुरा हो । सूचना प्रवाह गर्ने माध्यामहरुको प्रयोगले आज सारा विश्वलाई निकै साँघुरो घेरामा सिमित पारेको छ । आज हावामा उड्दा कयौं घण्टामा पुग्न सकिने ठाउँमा भएको एक नेपाली नागरीक सँग अर्को नेपालीले घरमै बसेर साक्षात्कार गर्न सक्छ । त्यो पनि प्रत्यक्ष देखा देख गर्दै । सूचना प्रवाह गर्ने साधनहरुकै प्रयोगले आज सात समुन्द्र पारी रहेका आफन्तसँग नेपालमा रहेका परिवारले राम्रोसँग जानकारी लिन सक्छन् । यो सञ्चारका साधनहरुले ल्याएको सकरात्मक पाटो हो ।

सूचनाका साधनहरुको सदुपयोगले जति फाईदा दिईरहेका छन् ।
सूचना र प्रविधिको दुरुपयोगका कारण आज समाज आतंकित समेत बनेको छ । फोन, सामाजिक सञ्जाल तथा इन्टरनेट सदुपयोग गरे उपयोगी र दुरुपयोग गर्दा निकै घातक चिज हुन् । नेपालमा यस्ता सञ्चार साधानहरुको जतिले सदुपयोग गरीरहेका छन् दुरुपयोग गर्नेहरुको संख्या पनि दिनानुदिन बढ्दै गएको छ । देशमा आधुनिक सञ्चार साधनहरुको प्रयोग गरेर अपराध गर्नेहरुको संख्या बढ्दै गएको छ भने ठगि गर्नेहरु पनि सल्वलाई रहेका छन् ।

तरङ्गको माध्यामबाट प्रसारण हुने आधुनिक सञ्चार साधनहरुको निगरानी गर्न कठिन हुने भएकाले राज्यले प्रयास गर्दा समेत यिनीहरुको दुरुपयोग गरि फाइदा उठाउने बढ्दैछन् । पछिल्लो समय सामाजिक सञ्जाल र फोनको प्रयोगबाट ठगी गर्ने, अपराध गर्ने र समाजमा कोलाहाल मच्चाउनेहरुले यसको दुरुपयोग गर्न थालेका छन् । कुनै पनि चिजको फाइदासँगै बेफाइदा पनि त्यत्तिकै रहने गरेको छ । यस्ता वस्तुहरुको दुरुपयोग रोक्नको लागि राज्यलाई सघाउनुपर्ने हरेक नागरिकको दायित्व हो ।

Promise Education Consultancy