प्रगतिपथ टोलमा तोयानाथको नेतृत्व

चितवन, माघ २७। भरतपुर ११, प्रगतिपथ टोल विकास संस्थाको नवौं साधारण सभा तथा सातौं अधिवेशन लोटस एकेडमी भरतपुरमा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष शिवराम कोईरालाको अध्यक्षतामा सम्पन्न साधारण सभामा लोटस एकेडमीका प्रिन्सिपल ठाकुरप्रसाद रिजाल, माइती नेपालका चितवन प्रतिनिधि इश्वर गिरी, सक्रिय महिला समूहकी अध्यक्ष शोभा अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।


उक्त अधिवेशनले तोयानाथ भट्टराईको अध्यक्षतामा सह_सचिव र १ जना सदस्य पछि थप गर्नेगरी ७ सदस्यीय नयाँ कार्यसमितिको सर्वसम्मत चयन गरेको छ।
समितिको उपाध्यक्षमा मनु तिमल्सिना, सचिवमा थमबहादुर तामाङ, कोषाध्यक्षमा खिमानन्द सुवेदी, सदस्यहरुमा आइतिमाया तामाङ, रामचन्द्र लामिछाने र रन्जिता बानिया चयन भएका छन्।

Promise Education Consultancy