भोलीदेखि १२ औं सौराहा फुड फेष्टिवल सुरु हुने, तयारी पुरा, हात्तीको प्रेमदिवस भोजसहित मनाउने

 

चितवन, २७ माघ । चितवनको पर्यटकीय नगरी सौराहामा भोलीदेखि १२ औं सौराहा फुड फेष्टिवल सुरु हुने भएको छ ।
आगामी फागुन ४ गतेसम्म चल्ने फेष्टिवलको एक समारोहका विच पूर्व अर्थमन्त्री तथा चितवन क्षेत्र नं. १ का सासंद सुरेन्द्र पाण्डेले दिउसो गर्ने कार्यक्रम तय भएको संयोजक कपिल रेग्मीले जानकारी दिए ।

जसका लागि लागि आवश्यक स्टल, निर्माण, मंच निर्माण, गेट निर्माण लगायत निमन्त्रणाको काम पुरा भएको उनले बताए ।

रत्ननगर ७ स्थित सिसुवार चौरमा हुने फेष्टिवलको गेटमा गैडा र बाघको प्रतिमूर्ती वनाईएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए ।
बाघ र गैडा चितवनको चिनारी रेवानका अध्यक्ष गिरीले भने – यसको संरक्षण गर्नु पर्छ भन्ने सन्देश दिनका लागि पनि गेटमा प्रतिमुर्ती निर्माण गरिएको हो ।

साथै विहान १० देखि सुरु विभिन्न जनजातिहरु बाजा गाजा र झाकीसहितको र्यालीले सौराहा बजार क्षेत्र परिक्रममा गरि फेष्टिवल परिसरमा आई उद्धघाटन हुने तयारी पुरा भएको सह संयोजक धुव्र गिरीले बताए ।


फेष्टिवलमा यस वर्ष थप आकर्षणका लागि हात्ती वनभोज कार्यक्रमको आयोजना गर्न लागिएको रेवानका अध्यक्ष गोर्कण गिरीले वताए । यो हात्तीहरुले पनि प्रेम दिवस मनाई भोज गरुन् भन्ने उद्देश्य समेत रहेको उनको भनाई छ ।
बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समिति र चित्रसेन मध्यवर्ती सामुदायिक वन उपभोक्ता समितिको सयुक्त आयोजनामा यहाँ रहेका निजी र सरकारी हात्तीहरुलाई वनभोजमा सहभागी गराईनेछ ।
महोत्सवमा करिव ७० वटा स्टल राखिने छ । जसमा खानाका मात्रै करिव ५० वटा स्टल रहने फेष्टिवलका प्रचार प्रसार समितिका संयोजक सुर्य रिमालले जानकारी दिए ।
यस पटक विषेश गरी थारु समुदाय र नेवार समुदायको खानाका परिकारका स्टल रहनेछन् ।
खाना महोत्सवको अन्य दिन रु ५० र विद्यार्थीलाई रु २५ भएपनि प्रेम दिवसको दिन रु १०० को टिकटको व्यवस्था गरिएको छ । महोत्सवमा करिव ५ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।
फेष्टिवलबाट भएको वचत मध्ये केही रकम उज्यालो सौराहा,अपांग तथा वृद्धवृद्धा,सौराहा सरसफाईको घुम्ती शौचालय निर्माणका लागि छुट्याईने आयोजकले वताएको छ ।
यस पटक फेष्टिवलमा विषेश सांगेतिकमय वनाउने समेत आयोजकको तयारी छ । सास्कृतिक समितिका संयोजक नविन नेपालका अनुसार महोत्सवको प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।
राष्ट्रिय कलाकार प्रजापति पराजुली, रमेशराज भट्टराई, दुर्गा सापकोटा, प्रमोद खरेल, कमल खत्री, पुर्णकला विसी, सम्झना भण्डारी, चोलेन्द्र पौडेल, मनोज महतो लगायतका कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक कार्यक्रम संयोजक नेपालले वताए ।

 

Promise Education Consultancy