सपनाद्धारा बाढी पीडितलाई सपनाको घर

चितवन माघ २८ । सामाजिक क्षेत्रमा क्रियाशिल रत्ननगरको सौराहा स्थित सपना भिलेज सोसल इम्प्याक्टले वाढी पीडितहरुलाई घर निर्माणमा गरिरहेको छ । गत साउन अन्तिम साता गएको बाढीबाट प्रभावित भएका रत्ननगर ८ वगरटोलका दुई परिवार र सोही वडाको चित्रसारीमा एक वृद्धाका लागि सपना भिलेजले घर निर्माण गरेको हो । कयरखोला नजिक रहेको वगरटोल स्थित आईतराम दराई र सुकवहादुर घर्ती र चित्रसारीमा कौशिला गिरीका लागि घर निर्माण गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष धु्रव गिरीले जानकारी दिए ।

साउन २८ गते गएको बाढीले दराई र घर्तीको घरमा पुर्ण रुपमा क्षती पुर्याएको थियो । त्यो वेला उनीहरु चित्रसारी माविमा आश्रय लिएर वसेका थिए । पछि जेनतेन घर मर्मत गरेर त्यही वस्दै आएका छन् । दराई र घर्तीको परिवार ५,५ जना छ । घर साँघुरो हुँदा उनीहरुलाई वस्न समेत समस्या थियो । उनीहरुका लागि तीन तीन वटा कोठा रहेको घर वन्ने छ । दराई र घर्तीको घरको निर्माण कार्य आधा सकिएको छ भने गिरीको घर अन्तिम चरणमा पुगिसकेको छ ।

परिवार ठुलो तर सानो झुपडीमा वस्नु पर्दा समस्या परेको भन्दै अव छुट्टा छुट्टै कोठामा वस्न पाउने भएपछि उनीहरु खुसी छन् । वास वस्नका लागि मुस्किल थियो आईतराम दराईले खुसी हुदै भने – अव आरामले नयाँ घरमा वस्न पाईने भैयो ।

प्रति घर निर्माणमा साँढे २ लाख खर्च लाग्ने सपना भिलेजका अध्यक्ष गिरीले वताए । जस मध्ये ९० प्रतिशत सपना भिलेज र १० प्रतिशत रत्ननगर नगरपालिकाले खर्च व्यहोर्ने छन् । सपना भिलेज सोसल इम्प्याक्टले गरिव तथा विपन्न वर्गको वसोवास रहेको क्षेत्रमा स्वास्थ्य शिविर,अनाथलाई सहयोग गर्दै आईरहेको छ भने चितवनको सिद्धीमा चेपाङ समुदायको जीवनस्तर उकास्नका लागि परियोजना संचालन गरेर काम गरिरहेको छ ।