मगर संघ राप्तीमा पुन सिंजाली

चितवन, २७ माघ । नेपाल मगर संघ राप्ती नगर समितिको शनिवार सम्पन्न दोश्रो अधिवेशनले पुन विरबहादुर सिंजालीको अध्यक्षतामा नयाँ कार्यसिमिति चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा कल्पना पुलामी मगर,सचिवमा बुद्धि बहादुर रानामगर, सहसचिवमा सुकबहादुर थापा र कोषाध्यक्षमा रुकु रानामगर चयन भएका छन ।
नेपाल मगर संघ जिल्ला सदस्य मञ्जु थापामगर,नेपाल मगर महिला संघकी सचिव बसुन्धरा रानामगर लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम विरबहादुर सिंजालीको अध्यक्षतामा भएको थियो ।