चौथो चितवन च्याम्पियनसिप : भरतपुर फुटवल सेमि फाईनलमा प्रवेश

 

चितवन, २७ माघ । प्यासिफिक कलेज चौथो चितवन च्याम्पियनसिप कप फुटवल प्रतियोगिताको आज क्वार्टर फाईनल को अन्तिम खेलमा आयोजक एभरेष्ट क्लब लाई पराजित गर्दै भरतपुर फुटवल क्लब सेमि फाईनल प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफमा पनि दुवै तर्फवाट १-१ गोलको बराबरी थियो । दोस्रो हाफको ५३औं मिनेटमा भरतपुरका बाबु बानियाँ ले डिबक्स भन्दा केही अघिबाट गरेको सशक्त प्रहार गोलमा परिणत भए पछि खेलमा भरतपुर हानि भएको थियो । ६१औं मिनेटमा भरतपुरका ले बिबाद गरेपछि रेड कार्ड प्राप्त गरी मैदान छाडेका थिए । एभरेष्टरा लागी पहिलो हाफको २८ मिनेटमा बिमल राना र भरतपुरका लागी बिक्रम राई खेलको २२औं मिनेटमा गोल गरेका थिए ।

१० खेलाडीमा सिमित भरतपुरलाई अन्तिम समयमा दवावमा राखे पनि फ्रि किक सदुपयोग गर्न नसक्दा नै एभरेष्ट पराजित भयो । लागी दुर्भाग्य बन्यो । खेलका म्यान अफ दि BFC का बाबु बानियाँ लाई डा. रुद्र मरासिनि र ईन्जिनियर हरी भण्डारीले ट्रफि प्रदान गर्नुभएको थियो। फाल्गुन २ गते सम्म चल्ने खेलको बिजेताले नगद २ लाख २२ हजार र उप बिजेताले १ लाख ११ हजार प्राप्त गर्ने छन् । प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।

भोलिको सेमिफ़ाइनल को पहिलो खेल जु जुगेडी र रामपुर फुटबल क्लब का बीचमा दिउँसो २:०० बजे हुने छ ।