मदन भण्डारी स्पोर्ट्स एकेडमी जिल्ला क्रिकेट कमिटी गठन

चितवन २७ माघ । मदन भण्डारी स्पोर्ट्स एकेडमी क्रिकेट विभागको शनिवार रत्ननगरमा सम्पन्न भेलाले प्रकाश खतिवडाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट्स एकेडमी चितवन जिल्ला क्रिकेट कमिटी गठन गरेको छ । समितिको उपाध्यक्षमा राजु गुरुङ,सचिवमा सरोज तिमिल्सिना,सह सहचिवमा सागर मिश्र र कोषाध्यक्षमा सुन्दर कट्टेल चयन भएका छन । त्यसैगरी सदस्यहरुमा सदस्यहरुमा मदन भुजेल,सरोज घतानी,विष्णु लम्साल,हार्दिक पौडेल,रामप्रसाद लम्साल र एलिन गुरुङ चयन भएका छन । कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी स्पोर्ट्स एकेडमीका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले खेलको माध्यमबाट मुलुकको आर्थिक विकासमा टेवा पु¥याउने उद्देश्यका साथ मदन भण्डारी स्पोर्ट्स एकेडमीले जिल्ला व्यापी रुपमा काम गर्न सुरु गरेको बताए । उनले नेपालका सबै जिल्लामा क्रिकेट विभागको जिल्ला कमिटी गठन गर्ने योजना अनुरुप चितवनमा पनि जिल्ला कमिटी गठन गरिएको जानकारी दिए । कार्यक्रममा रत्ननगर नगरपालिकाका खेलकुल व्यवस्थापन समितिका संयोजक तथा वडा नं.१० का वडा अध्यक्ष केशब आचार्यले पछिल्लो समय खेलकुदको क्षेत्रमा क्रिकेटको क्रेज बढदै गएको भन्दै जिल्लामा क्रिकेट खेलका सम्भावना बढि रहेको बताए । उनले खेलकुदको विकासका लागि रत्ननगर नगरपालिका सहयोग गर्न तयार रहेको बताए । मदन भण्डारी स्पोर्ट्स एकेडमी क्रिकेट विभागका अध्यक्ष सुदिप शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा केन्द्रीय सदस्य  हरि ढकालले कार्यक्रमको उद्देश्यका बारेमा प्रकास पारेका थिए ।

Promise Education Consultancy