शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने निश्चित

काठमाडौं,२६ माघ । एक नम्बर प्रदेशको नेकपा एमाले संसदीय दलको नेतामा शेरधन राई विजयी भएका छन् ।

आज सम्पन्न चुनावमा शेरधन राई २६ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रतिद्धन्दी भिम आचार्यले २४ मत ल्याए। १ मत भने बदर भयो ।

संसदीय दलको नेता बनेसँगै १ नम्बर प्रदेशको मुख्यमन्त्री शेरधन राई बन्ने पक्का भएको छ । केहीसमय अघि जीवन घिमिरे पनि मुख्यमन्त्रीको दौडमा भए पनि उनि पछि हटेका थिए ।