प्रतिनिधि सभातर्फको समानुपातिक सीट बाँडफाँड आज

काठमाडौं,२६ माघ । आज प्रतिनिधिसभाको समानुपातिकतर्फको सीट बाँडफाँट गरिने भएको छ । प्रतिनिधिसभा सदस्यको चुनावबाट प्राप्त मत परिणाम अनुसार सीट संख्या आज घोषणा गर्ने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिएका छन्। आजै सीट बाँडफाँड गरी राजनीतिक दलहरुलाई नाम सिफारिस गर्न तीन दिनको समय दिइनेछ । राजनीतिक दलले आउँदो सोमबार सम्ममा नाम पठाइसक्नुपर्ने र त्यसपछि दुई भित्र दिन नाम सच्याउने समय दिएर विजयीको नाम प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ।

बन्दसूचीमा एमालेले ३७, कांग्रेसले २०, माओवादीले १६, राजपाले ६ र संघीय समाजबादी फोरमले ५ जना महिलाको नाम पठाउनै पर्ने छ ।  ।